करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भइन्

करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भइन्


  • 11.2K
    SHARES
    • मंसिर १७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 17.2K Views

    करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भइन्

    काठमाडौं, १७ मंसिर । नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनी उत्तीर्ण भएकी हुन् । 

    images

    आफू कक्षा १२ उत्तीर्ण भएको करिश्माले जानकारी दिइन् । ‘म दुईवटा विषयमा ए प्लस ल्याएँर पास भएँ’, न्युज कारखानासँग भनिन्, ‘तर, समग्रमा मेरो २.४१ जीपीए आएको छ ।’

    गोदावरीस्थित किटनी कलेजबाट कक्षा १२ उत्तीर्ण गरेकी उनी अब ग्रामीण विकास विषय लिएर स्नातक अध्ययन गर्ने तयारीमा रहेको बताइन् ।

    ‘म अब ग्रामीण विकास लिएर पढ्ने इच्छा छ’, उनले भनिन्, ‘यही कलेज (किटनी कलेज)मा ग्रामीण विकास छ कि छैन ।  बुझ्नुपर्नेछ ।’

    किटनी कलेजमा ग्रामीण विकास विषय नभएमा उनले कलेज परिवर्तन गर्ने जानकारी दिइन् । 

    यसैबीच, गायिका रचना रिमाल पनि कक्षा १२ उत्तीर्ण भएकी छन् । 

  • सम्बन्धित विषय:

  • # Karisma

  • तेस्रो आँखा