काठमाडौं, २४ जेठ । पछिल्लो २४ घण्टामा नेपालभर थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा तीन हजार तीन सय ७६ जनाको नमुना परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई हजार एक सय २० जनाको पिसिआर परीक्षण गर्दा सात जनामा र एक हजार दुई सय ५६ जनाको एन्टीजेन परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने नौ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक सय सात रहेको छ ।
