फिल्म ‘डाँडाको वर पीपल’ युट्युबमा हिट

फिल्म ‘डाँडाको वर पीपल’ युट्युबमा हिट


  • 9.2K
    SHARES
    • जेठ २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 14.2K Views

    फिल्म ‘डाँडाको वर पीपल’ युट्युबमा हिट

    काठमाडौं,२५ जेठ । महानायक काण्ड चलेपछि विवादमा आएर सुपरफ्लप भएको शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको वर पीपल’लाई युट्युबमा भने रुचाइएको छ । सार्वजनिक भएको ३ दिनमा १५ लाख भन्दा बढी भ्यूज बटुलेको यो फिल्म नेपालको युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ ।

    images

    यो फिल्मलाई युट्युबमा हेरेका अधिकांश दर्शकले उत्कृष्ट भनेका छन् । साथै, दर्शकले फिल्मको कथावस्तुले मन छोएको समेत बताए । उनीहरुले फिल्म हेरेर आफू रोएको समेत प्रतिक्रिया दिएका छन् । यो फिल्मलाई बुढासुब्बा डिजिटलले निर्माण गरेको हो ।

    फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, भूवन केसी, सलोन बस्नेत, रुविना थापा लगायतका कलाकारको अभिनय छ । दोश्रो चरणको कोरोना लगतै गतबर्षको दशैंमा रिलिज यो फिल्मले हलमा पानी पनि भन्न पाएन । फिल्म हेर्न पुगेका दर्शकले यसलाई गाली गरेका थिए । तर, युट्युबमा भने फिल्मले प्रशंसा पाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप