काठमाडौं, २६ जेठ । पछिल्लो २४ घण्टामा नेपालभर थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा दुई हजार सात सय ५३ जनाको नमुना परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार छ सय ५५ जनाको पिसिआर परीक्षण गर्दा १२ जनामा र एक हजार ९८ जनाको एन्टीजेन परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने नौ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक सय १२ रहेको छ ।

