• ट्रेण्डिङ्ग :
शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब

शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब


  • 7.2K
    SHARES
    • जेठ २७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब

    काठमाडौं, २७ जेठ । देशमा भित्रिनेभन्दा बाहिरिने मुद्राको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरण अनुसार शोधनान्तर स्थिति रु दुई खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको छ । 

    images

    अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु सात अर्ब ७५ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा पाँच करोड ५४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ४१ करोडले घाटामा रहेको पाइएको छ ।

    त्यस्तै समीक्षा अवधिमा चालु खाता रु पाँच खर्ब ४७ अर्ब ३६ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु दुई खर्ब ५१ अर्ब २९ करोडले घाटामा रहेको थियो । समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ४१.३ प्रतिशतले कमी आई रु सात अर्ब ९९ करोड कायम भएको छ ।

    यस्तै खुद प्रत्यक्ष वैदेशिक लगानी १८.२ प्रतिशतले वृद्धि भई रु १६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु १३ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु १४ अर्ब आठ करोड रहेको थियो । 


    तेस्रो आँखा
    लेखकबाट थप