काठमाडौं, २८ जेठ । पछिल्लो २४ घण्टामा नेपालभर थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा दुई हजार एक सय ७३ जनाको नमुना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार एक सय ९३ जनाको पिसिआर परीक्षण गर्दा नौ जनामा र नौ सय ८० जनाको एन्टीजेन परीक्षण गर्दा आठ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने ११ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक सय सात रहेको छ ।
