काठमाडौं, २९ जेठ । पछिल्लो २४ घण्टामा नेपालभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा तीन हजार चार सय ५३ जनाको नमुना परीक्षण गर्दा १९ जनामा कोरोना संक्रममण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई हजार एक सय ६२ जनाको पिसिआर परीक्षण गर्दा ११ जनामा र एक हजार दुई सय ९१ जनाको एन्टीजेन परीक्षण गर्दा आठ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने १२ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक सय छ रहेको छ ।
