२४ घण्टामा २२० जनामा कोरोना संक्रमण/५ जनाको मृत्यु

२४ घण्टामा २२० जनामा कोरोना संक्रमण/५ जनाको मृत्यु


  • 5.7K
    SHARES
    • मंसिर १८, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    २४ घण्टामा २२० जनामा कोरोना संक्रमण/५ जनाको मृत्यु

    काठमाडौं, १८ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २९५ जनामा पीसीआर परीक्षण गर्दा २२० जनामा संक्रमण देखिएको हो ।

    images

    १ हजार ५०२ जनामा एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको मन्त्रालयले शनिबार सार्वजनिक मन्त्रालयको तथ्यांकमा उल्लेख छ । एन्टिजेन र पीसीआर गरी ६ हजार ७९७ परीक्षण गर्दा २३८ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा ३९२ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कोरोनाबाट ८ लाख २२ हजार ३९२ जना संक्रमित भएका छन् । 

    यस्तै, ८ लाख ४ हजार १०८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत छ । २४ घण्टाको अवधिमा ५ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट ११ हजार ५४० जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख    छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ६ हजार ७४४ रहेको छ । यस्तै, ९८ जना क्वारेन्टाइनमा छन् ।

    264039396_210576184583678_2310846880707150871_n.jpg


    तेस्रो आँखा