• ट्रेण्डिङ्ग :
पुँजी बजारको समस्याको उपायबारे अध्ययन गर्न कार्यदल गठन

पुँजी बजारको समस्याको उपायबारे अध्ययन गर्न कार्यदल गठन


  • 18.0K
    SHARES
    • आषाढ २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 27.7K Views

    पुँजी बजारको समस्याको उपायबारे अध्ययन गर्न कार्यदल गठन

    काठमाडौं,२ असार । अर्थ मन्त्रालयले पुँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । धितोपत्र बोर्डले संयोजन गर्ने गरी ४ सदस्यीय कार्यदल गठन गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

    images

    कार्यदलको संयोजन धितोपत्र बोर्डका कार्यकारी निर्देशकले गर्नेछन् भने अर्थमन्त्रालयबाट एक जना उपसचिव कार्यदलमा सदस्य तोकिनेछन् । यस्तै राष्ट्र बैंक अर्का एक जना सदस्य पनि समितिमा रहनेछन् । कार्यदलको सदस्यसचिव बोर्डकै एकजना सदस्य रहनेछन् ।

    पुँजी बजार वित्तीय क्षेत्रमा देखिएको वर्तमान समस्या समाधानका लागि अध्ययन गरेर सुझाव पेश गर्नेगरी कार्यदल गठन गरिएको र यसले पूर्णता भने नपाएको नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक रुपेश केसीले जानकारी दिए । ‘पुँजी बजार र वित्तीय क्षेत्रको वर्तमान अवस्थाबारे अध्ययन गर्ने भन्ने उद्देश्य छ, कार्यदलले पूर्णता पाइसकेको छैन,’ उपकार्यकारी निर्देशक केसीले भने, ‘पहिलो बैठक अघि कार्यदलले पूर्णता पाउँछ ।’


    तेस्रो आँखा
    लेखकबाट थप