निहारिका र उनको छोरालाई ‘एडप्ट’ गर्न चाहन्छु - करिश्मा मानन्धर

निहारिका र उनको छोरालाई ‘एडप्ट’ गर्न चाहन्छु - करिश्मा मानन्धर


  • 10.7K
    SHARES
    • आषाढ २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 16.5K Views

    निहारिका र उनको छोरालाई ‘एडप्ट’ गर्न चाहन्छु - करिश्मा मानन्धर

    काठमाडौं,२ असार। अभिनेत्री करिश्मा मानन्धरले वसन्तपुरमा अनसनमा रहेकी निहारिका राजपुत र उनको छोरालाई ‘एडप्ट’ गर्न चाहेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बलात्कारपछि जन्मिएका निहारिकाका २१ महिने छोरालाई आफूसँगै राख्न चाहेको उल्लेख गरेकी हुन् ।

    images

    करिश्माले निहारिकाको अवस्था देखेर आफू विक्षिप्त भएको र उनी अनसनरत स्थानमा जान समेत आँट नआएको बताइन् । बिहीबार निहारिकालाई आफ्ना म्यानेजरले भेटेर केही आर्थिक सहयोग समेत गरेको उनले जानकारी दिइन् । करिश्माले फेसबुकमा लेखेकी छन्, ‘मेरो भाइ विनोदजी म्यानेजर कमल चौधरीले सहयोग गर्नुभयो तिमीसम्म पुग्न । मेरो एउटा छोरी थियो, तिमी भयौ भने दुई जना हुन्छ । बच्चा लिएर घर आऊ । म छु ।’
    निहारिका र उनको दूधेबालकलाई ल्याउने प्रक्रियाका लागि सहजीकरण गरिदिन आफूले नेकपा एमालेका सांसद गंगा चौधरी र विमला विकलाई भेटेर आग्रह समेत गरेको बताइन् ।

    आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको निहारिकाको भनाइ छ । आफू १७ वर्षकी हुँदा श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप छ । बलात्कारपछि उनी गर्भवती भइन् । त्यसयता उनी निरन्तर न्यायको लडाइँमा छिन् । श्रेष्ठलाई महोत्तरी जिल्ला अदालतले सफाइ दिएपछि त्यसविरुद्ध उनले अहिले उच्च अदालत, जनकपुरमा मुद्दा दर्ता गराएकी छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप