काठमाडाैं,२असार । सरकारले मिलिनियम च्यालेन्ज अकाउण्ट नेपाललाई रातमाटे सबस्टेशन निर्माणका लागि नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ। जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञोनेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक गरेका हुन्।
मन्त्रिपरिषद्ले नेपाल र बेलायत सरकारको बीचको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। त्यस्तै सरकारले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियन ९करिब ३६ करोड ६२ लाख बराबर० को अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
त्यस्तै सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा मोहनकृष्ण सापकोटालाई नियुक्त गरेको छ। प्रवक्ता कार्कीले सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाको राजीनामा पनि स्वीकृत गरेको बताए। मन्त्री कार्कीले सरकारले एपीजी एशिया प्यासिफिक ग्रुप अफ मनि लर्निङको मिति २०७९ साउन ८ देखि १२ गतेसम्म मेलेसियामा आयोजना हुने वार्षिक साधारण सभामा सहभागि हुने निर्णाय जनाएका छन् ।
त्यसका लागि सचिव द्वय धनराज ज्ञवाली र उदयराज सापकोटाको वैदेशिक भ्रमण स्वीकृत गर्ने, मिति २०७९ असार ११ र १२ गते स्विट्जरल्याण्डमा आयोजना हुने नाइन्टी सेकेण्ड एनियल जनरल मिटिङ अफ द बैंक अफ इन्टरनेशनल सेटलमेण्ट विषय कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई स्वीकृत दिने, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवालीलाई मनोनयन गर्ने निर्णय गरेको छ।
यस्ताे छ मन्त्री परिषदकाे निर्णय :


