पूजा र सोनम अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत सार्वजनिक

पूजा र सोनम अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत सार्वजनिक


  • 10.1K
    SHARES
    • आषाढ ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 15.6K Views

    पूजा र सोनम अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत सार्वजनिक

    काठमाडौं,३ असार । भदौ १७ गते रिलिजको तयारीमा रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत ‘जरुरी कुरा छ’ शुक्रबार सार्वजनिक गरिएको छ ।

    images

    अर्जुन पोखरेलको संगीत रहेको गीतमा पूजा शर्मा र सोनम थोप्देन फिचर्ड छन् । अन्जु पन्त र सुरेश लामाको स्वर समावेश गीतलाई सुरेश वाग्लेले लेखेका हुन् । बेलायत र मध्यपूर्वको आकर्षक लोकेसनलाई गीतमा कैद गरिएको छ ।

    गीतमा फिल्मका दुई मुख्य पात्र पूजा र सोनमको चरित्रबीचको सम्बन्ध स्थापना गर्न प्रयत्न गरिएको छ । सुदर्शन थापा निर्देशित यो लभस्टोरी फिल्मबाट थोप्देनले नेपाली फिल्ममा डेब्यु गरेका हुन् । फिल्मको मुख्य भूमिकामा आकाश श्रेष्ठ पनि छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप