काठमाडौं, ५ असार । पछिल्लो २४ घण्टामा नेपालभर थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा दुई हजार २७ जनाको नमुना परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार दुई सय ५४ जनाको पिसिआर परीक्षण गर्दा १८ जनामा र सात सय ७३ जनाको एन्टीजेन परीक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने १२ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक सय १० रहेको छ ।
