सचिवपछि ‘जादुगर’ बने जितेन्द्र कुमार

सचिवपछि ‘जादुगर’ बने जितेन्द्र कुमार


  • 8.9K
    SHARES
    • आषाढ ८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    सचिवपछि ‘जादुगर’ बने जितेन्द्र कुमार

    काठमाडौं,८ असार । चर्चित हिन्दी वेब सिरिज ‘पञ्चायत’मार्फत् चर्चामा आएका अभिनेता जितेन्द्र कुमार फरक भूमिकामा देखिएका छन्। ‘पञ्चायत’मा फुलेरा गाउँको सचिव भएका जितेन्द्र आगामी फिल्ममा जादुगरको भूमिकामा देखिएका छन्।

    images

    प्रसंग नेटफिल्क्समार्फत् प्रदर्शन हुने आगामी फिल्म ‘जादुगर’को हो। समिर सक्सेनाले निर्देशन गरेको यो फिल्म कमेडी ड्रामा रहेको छ। मंगलबार फिल्मको ट्रेलर सार्वजनिक भएको छ।  फिल्ममा जितेन्द्रले मिनुको भूमिका निभाएका छन्। जादुमा रुचि भएको र फुटबल खेल्ने मिनुको जीवनको कथालाई फिल्ममा देखाइएको छ।

    आफ्नो प्रेम प्राप्तिका लागि गाउँको फुटबल टिमलाई फाइनलसम्म पुर्‍याउनुपर्ने जिम्मेवारी पाएको मिनुको कथा फिल्ममा छ।
    फिल्ममा जितेन्द्र कुमारसँगै जावेद जाफेरी र आरुषी शर्मा मुख्य भूमिकामा छन्। फिल्म १५ जुलाईमा नेटफिल्क्समार्फत् रिलिज हुनेछ। 


    तेस्रो आँखा
    लेखकबाट थप