अक्षयको ‘रक्षाबन्धन’मा दाजु–बहिनीको प्रेम

अक्षयको ‘रक्षाबन्धन’मा दाजु–बहिनीको प्रेम


  • 8.0K
    SHARES
    • आषाढ ८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    अक्षयको ‘रक्षाबन्धन’मा दाजु–बहिनीको प्रेम

    काठमाडौं,८ असार । बलिउड अभिनेता अक्षय कुमारको आगामी फिल्म ‘रक्षाबन्धन’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मको ट्रेलर मंगलबार सार्वजनिक भएको हो। 

    images

    फिल्ममा अक्षयले तीन बहिनीहरुको दाई र एक प्रेमीको भूमिका निभाएका छन्। आफ्ना बहिनीहरुको विवाहका लागि दाइजोमा दिन आवश्यक रकम जुटाउन र आफ्नो प्रेम पनि सफल बनाउन उनले गरेको संघर्ष फिल्ममा प्रस्तुत भएको ट्रेलरबाट देखिन्छ। फिल्ममा अक्षयले आफ्ना बहिनीहरुलाई गरेको प्रेम र सम्बन्धको सुन्दरतालाई प्रस्तुत गरिएको छ।

    फिल्ममा अक्षयसँगै भूमि पेडनेकर मुख्य भूमिकामा छिन्। सँगै सहेजमनि कौर, दिपिका खन्ना, सदिया खातिव, स्मृथी श्रीकान्त र सिमा पाह्वाको अभिनय फिल्ममा रहेको छ।फिल्मलाई आनन्द एल। रायले निर्देशन गरेका छन् भने हिमांशु शर्मा र कनिका डिल्लनले लेखेका छन्। आनन्दले यसअघि ‘तनु वेड्स मनु’, ‘राञ्झना’, ‘जिरो’लगायतका फिल्मको निर्देशन गरेका थिए।फिल्म अगस्ट ११ मा प्रदर्शनमा आउनेछ। 


    तेस्रो आँखा
    लेखकबाट थप