काठमाडौं, ८ असार । पछिल्लो २४ घण्टामा नेपालभर थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जम्मा दुई हजार चार सय २५ जनाको नमुना परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
एक हजार पाँच सय ७५ जनाको पिसिआर परीक्षण गर्दा २८ जनामा र आठ सय ५० जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने १० जना संक्रमित निको भएका छन्।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक सय ४२ रहेको छ।
