काठमाडौं, ९ असार । पछिल्लो २४ घण्टामा नेपालभर थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा दुई हजार चार सय ९४ जनाको नमुना परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार दुई सय ३४ जनाको पिसिआर परीक्षण गर्दा ३३ जनामा र एक हजार दुई सय ६० जनाको एन्टीजेन परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने १२ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक सय ६३ पुगेको छ । हिजो २४ घण्टामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

