• ट्रेण्डिङ्ग :
२४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण 

२४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण 


  • 6.2K
    SHARES
    • आषाढ १०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण 

    काठमाडौं, १० असार । पछिल्लो २४ घण्टामा नेपालभर थप ४३ जनामा कोरोना संकमण पुष्टि भएको छ । 

    images

    जम्मा तीन हजार पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हजार आठ सय ५२ जनाको पिसिआर परीक्षण गर्दा ३२ जनामा र एक हजार सात सय तीन जनाको एन्टीजेन परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण देखिएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४  घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने १४ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक सय ८१ रहेको छ । 

    10.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप