काठमाडौं,११ असार । टेलिभिजनमा कार्यक्रम प्रस्तोताबाट राजनीतिमा हामफालेका रवि लामिछानेले यसअघि सञ्चालन गर्ने भनेको कार्यक्रम ‘द लिडर’ विवादमा तानिएको छ । सो कार्यक्रममा सहभागी हुन पैसा उठाइएको तर हालसम्म कार्यक्रम पनि सञ्चालन नभएको र पैसा पनि फिर्ता नभएको भन्दै सामाजिक देखि मिडियामा समेत चर्चाको विषय बनेको हो ।
कार्यक्रमका लागि ११९२ ले रजिस्ट्रेसन गराएर सो वापत प्रतिव्यक्ति रु एक हजारका दरले ११ लाख ९२ हजार उठाइएको थियो । उक्त पैसा उठाएर कार्यक्रम पनि नगरीएको र पैसा फिर्ता समेत नभएको सार्वजनिक रुपमा आवाज उठ्न थालेको छ ।
‘को बन्छ करोडपति’ संचालनमा ल्याएको ‘एसआरविएन’ मिडियाले केही समयअघि कार्यक्रमको घोषणा गरेको थियो । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्र निर्णायकमण्डलमा रहने बताइएको थियो ।
कार्यक्रमलाई सञ्चारकर्मी रवि लामिछानेले संचालन गर्ने भनेर रकम उठाइएको थियो । गत मार्च २१ गते बाट कार्यक्रम अडिसनको तयारीमा रहेको भीएपनि हाल सम्म कार्यक्रम नभएपछि प्रश्न उठेको हो । अव उनी राजनीतिमा लागिसकेपछि कार्यक्रम सञ्चालन हुने सम्भावना निकै कम रहेको बुझिन्छ । कार्यक्रमका सञ्चालक रवि लामिछाने स्वयं राजनीतिमा प्रवेश गरेको परिप्रेक्ष्यमा कार्यक्रम सञ्चालन गर्ने या नगर्ने निर्णय गरिनसकेको हुँदा उक्त रकम फिर्ता गर्ने भन्दै सूचना जारी जारी गरेका छन् ।
कार्यक्रम विवादमा तानिएपछि सो कार्यक्रमले यसअघि ८८३ जनाको पैसा ब्याजसहित फिर्ता गरेको बताउँदै फिर्ता गर्न बाँकी रहेकाहरूको पैसा फिर्ता गर्ने उनले प्रतिबद्धता जनाएका हुन् । रजिस्ट्रेसन गर्नुभएका ११९२ मध्ये अहिलेसम्म ८८३ जनाले ब्याजसहित रकम फिर्ता लगिसक्नुभएको र फिर्ता नपाउनेहरूले सम्पर्क गर्न प्रतिस्पर्धीबाट ‘द लिडर’हुने विजेतालाई काठमाण्डौंमा अपार्टमेन्ट, गाडी र नगद २० लाख रुपैयाँ प्रदान गर्ने योजना रहेको बताइएको छ ।
