काठमाडौं, ११ असार । पछिल्लो २४ घण्टामा नेपालभर थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा एक हजार आठ सय दुई जनाको नमुना परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नौ सय ३७ जनाको पिसिआर परीक्षण गर्दा २३ जनामा र आठ सय ६५ जनाको एन्टीजेन परीक्षण गर्दा चार जनामा कोरोना संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने १६ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक सय ८८ रहेको छ ।
