• ट्रेण्डिङ्ग :
नेप्से परिसूचक आजै ८० अंकभन्दा धेरैले उकालो

नेप्से परिसूचक आजै ८० अंकभन्दा धेरैले उकालो


  • 10.2K
    SHARES
    • आषाढ १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 15.8K Views

    नेप्से परिसूचक आजै  ८० अंकभन्दा धेरैले उकालो

    काठमाडाैं,१२ असार । आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उछाल आएको छ । दिउँसो साढे १ बजेसम्ममा नेप्से परिसूचक ८० अंकभन्दा धेरैले उकालो लागेको हो । कारोबार सुरू भएदेखि नै बढ्न थालेको नेप्से अझै बढ्ने संकेत देखाएको छ ।

    images

    यतिबेलासम्म नेप्सेमा १ अर्ब २८ करोड रुपैयाँ बराबरको ३५ लाख २३ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, ८० अंकभन्दा बढीको सुधारसँगै अहिलेसम्मको स्थितिमा नेप्से परिसूचक १ हजार ९४३ अंकको बिन्दुमा पुगेको छ । अहिलेसम्मको स्थितिमा नेप्सेमा कारोबार भएका सबै १३ वटै समूहमा सुधार आएको छ ।

    जसमध्ये, निर्जीवन बीमा समूह, उत्पादनमूलक समूह र जीवन बीमा समूह ३०० अंक हाराहारीले बढेका छन् । यसैगरी, आज पाँचवटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । ती कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।

     


    तेस्रो आँखा
    लेखकबाट थप