• ट्रेण्डिङ्ग :
नागरिक लगानी कोषले एक दशमलव ५ प्रतिशत नाफा दिने

नागरिक लगानी कोषले एक दशमलव ५ प्रतिशत नाफा दिने


  • 5.7K
    SHARES
    • आषाढ १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    नागरिक लगानी कोषले एक दशमलव ५ प्रतिशत नाफा दिने

    काठमाडाैं,१२ असार । नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिव २ लाख ९८ हजार सहभागीहरुलाई थप प्रतिफल दिने निर्णय गरेको छ । कोषले आर्थिक बर्ष २०७७/ ७८ सम्मको मुनाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको हो । 

    images

    कोष सञ्चालक समितिको असार ११ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।  २०७८ असार मसान्तसम्मको बचत रकममा सञ्चित मुनाफाबाट एक दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरुको खातामा कुल रकम १ अर्ब ७४ करोड रूपैँया जम्मा हुने कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरुको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरिसकेको जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप