काठमाडौं, १३ असार । पछिल्लो २४ घण्टामा नेपालभर थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा तीन हजार तीन सय ५८ जनाको नमुना परीक्षण गर्दा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई हजार तीन सय ३७ जनाको पिसिआर परीक्षण गर्दा ३६ जनामा र एक हजार २१ जनाको एन्टीजेन परीक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसेको मृत्यु भएको छैन भने २० जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या दुई सय आठ रहेको छ ।

