काठमडौं, १४ असार । पछिल्लो २४ घण्टामा नेपालभर थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा दुई हजार सात सय ९८ जनाको नमुना परीक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार आठ सय ५२ जनाको पिसिआर परीक्षण गर्दा ३८ जनामा र नौ सय ४६ जनाको एन्टीजेन परीक्षण गर्दा छ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने १७ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या दुई सय २९ रहेको छ ।

