काठमडौं, १५ असार । पछिल्लो २४ घण्टामा नेपालभर थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा एक हजार छ सय २० जनाको नमुना परीक्षण गर्दा ६२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार आठ जनाको पिसिआर परीक्षण गर्दा ५१ जनामा र छ सय १२ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण देखिएको हो ।
२४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने १९ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या दुई सय ६१ रहेको छ ।
