• ट्रेण्डिङ्ग :
पूर्व पदाधिकारीलाई नयाँ सुविधा अनुपयुक्त - डा. रिजाल

पूर्व पदाधिकारीलाई नयाँ सुविधा अनुपयुक्त - डा. रिजाल


  • 9.3K
    SHARES
    • आषाढ १५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 14.3K Views

    पूर्व पदाधिकारीलाई नयाँ सुविधा अनुपयुक्त - डा. रिजाल

    काठमाडाैं,१५ असार ।  नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले पूर्व पदाधिकारीलाई नयाँ सुविधा दिने कुरा अनुपयुक्त भएको बताएका छन् ।  आज आफ्नै ट्वीटर हेण्डलमा ट्वीट गर्दै नेता रिजालले पूर्व पदाधिकारिलाई सुविधा दिने कुरा आम जनभावना र सर्वोच्च अदालतको निर्णय विरुद्धमा हुने बताएका हुन्  ।

    images

    उनले लेखेका छन,‘पूर्व विशिष्ट पदाधिकारीलाई नयाँ सुविधा दिने कुरा अनुपयुक्त छ। साथै, सर्वोच्च अदालतको निर्णय र आम जनभावना विपरीत रहेको यो कार्य तत्काल रोकियोस्।’ गण्डकी प्रदेशले पूर्व पदाधिकारीलाई नयाँ सुविधा व्यवस्था गर्ने तयारी गरेकाे छ भने नेपाल सरकारले पूर्व पदाधिकारीलाई इन्धन, सचिवालय कर्मचारी,आवास, सुरक्षा व्यवस्था लगायतकाे सुविधा दिने तयारीमा छ ।

    सरकारले यस्ताे निर्णय गर्न लागेकाेवेला नेता डा. रिजालले यस्ताे प्रतिकृया जनाएका हुन् । देश आफैमा टाट पल्टीएकाे अवस्थामा समेत सरकारले पूर्व पदाधिकारीका नाममा ब्रम्हलुट गर्ने र जनतामाथि अझै महंगिकाे भार थाेपर्न खाेजेकाे भन्दै सार्वजनीक रूपमा  विराेध हुन थालेकाे छ । 


    तेस्रो आँखा
    लेखकबाट थप