२४ घण्टामा नेपालभर थप ५५ जनामा कोरोना संक्रमण

२४ घण्टामा नेपालभर थप ५५ जनामा कोरोना संक्रमण


  • 7.4K
    SHARES
    • आषाढ १६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    २४ घण्टामा नेपालभर थप ५५ जनामा कोरोना संक्रमण

    काठमाडौं, १६ असार । पछिल्लो २४ घण्टामा नेपालभर थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा दुई हजार छ सय ९८ जनाको नमुना परीक्षण गर्दा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हजार पाँच सय ३२ जनाको पिसिआर परीक्षण गर्दा ३६ जनामा र एक हजार एक सय ६६ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण देखिएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने १७ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या दुई सय ८० रहेको छ । 

    16.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • तेस्रो आँखा
    लेखकबाट थप