मधेस प्रदेश सरकारको बजेटमाथि असार २० देखि छलफल हुने

मधेस प्रदेश सरकारको बजेटमाथि असार २० देखि छलफल हुने


  • 7.4K
    SHARES
    • आषाढ १६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    मधेस प्रदेश सरकारको बजेटमाथि असार २० देखि छलफल हुने

    काठमाडौं, १६ असार । मधेस प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि असार २० गतेदेखि छलफल हुने भएको छ । मधेस प्रदेशसभाको बैठक असार २० गते सोमबार दिउँसो १ बजेका लागि आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    images

    बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । गत असार १ गते प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए । त्यसपछि प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि प्रदेशसभाको बैठक स्थगन गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # मधेस प्रदेश

  • तेस्रो आँखा
    लेखकबाट थप