चलचित्र ‘प्रसाद’को सिक्वेल ‘प्रसाद २’ बन्ने घोषणा

चलचित्र ‘प्रसाद’को सिक्वेल ‘प्रसाद २’ बन्ने घोषणा


  • 6.7K
    SHARES
    • आषाढ १७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    चलचित्र ‘प्रसाद’को सिक्वेल ‘प्रसाद २’ बन्ने घोषणा

    काठमाडौं, १७ असार । सामाजिक कथावस्तुमा बनेर सफलता प्राप्त गरेको चलचित्र ‘प्रसाद’को सिक्वेल ‘प्रसाद २’ बन्ने घोषणा भएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर फिल्म निर्माणको घोषणा गरिएको हो। प्रसाद’जस्तै ‘प्रसाद २’ पनि सामाजिक र प्रेम कथा विधामा आधारित रहने फिल्मको निर्माण पक्षले बताएका छन्। फिल्म पूर्ण रुपमा अघिल्लो फिल्मको समाप्तीबाट सुरु हुने र विशुद्ध सिक्वेलको रुपमा रहने लेखक सुशील पौडेलले बताए।

    images

    ‘प्रसाद २’लाई सुदर्शन थापाले निर्देशन गर्नेछन्। यसअघिको फिल्म ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए भने सिनेमा हलमा सफलता मात्रै नभएर उक्त फिल्मले सामाजिक रुपमा पनि बहस सिर्जना गर्न सफल भएको थियो। 

    फिल्ममा प्रायः कलाकार पुरानै रहने निर्माण पक्षले जनाएको छ। बाबुरामको भूमिकामा बिपिन कार्की र उनकी श्रीमती नारायणीको भूमिकामा नम्रता श्रेष्ठ नै दोहोरिनेछन्। सँगै फिल्ममा अर्पण थापाको पनि प्रवेश भएको छ। ‘प्रसाद’मा निश्चलले अभिनय गरेको भूमिकामा अर्पण देखिनेछन्। यी बाहेक फिल्ममा राज कटुवाल पनि मुख्य भूमिकामा देखिने घोषणा कार्यक्रममा बताइएको छ।

    ‘प्रसाद’कै लेखक सुशील पौडेलले लेखेको यो फिल्मलाई केशव पाण्डेको लगानीमा निर्माण गरिँदै छ। असार २१ गतेबाट कास्कीको याम्जाकोटमा छायांकन सुरु हुने बताइएको फिल्म यही वर्ष तिहारमा प्रदर्शन गर्ने तयारी रहेको निर्माण पक्षले जनाएका छन्।


    तेस्रो आँखा
    लेखकबाट थप