२४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि


  • 8.0K
    SHARES
    • आषाढ १८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं, १८ असार । पछिल्लो २४ घण्टामा नेपालभर थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा दुई हजार चार सय ६७ जनाको नमुना परीक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हजार दुई सय एक जनाको पिसिआर परीक्षण गर्दा ३३ जनामा र एक हजार दुई सय ६६ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण देखिएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४  घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने १६ जना संक्रमित निको भएका छन् ।

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या तीन सय १४ रहेको छ । 

    18.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • तेस्रो आँखा
    लेखकबाट थप