राइफल बाेकेकाे तस्वीर ट्विट गरेपछि विवादमा तानिए अमेरिकी सांसद

राइफल बाेकेकाे तस्वीर ट्विट गरेपछि विवादमा तानिए अमेरिकी सांसद


  • 6.8K
    SHARES
    • मंसिर २०, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    राइफल बाेकेकाे तस्वीर ट्विट गरेपछि विवादमा तानिए अमेरिकी सांसद

    एजेन्सी, २० मंसिर । राइफल बाेकेर खिचेकाे तस्विर सामाजिक सञ्जालमा पाेस्ट गरेपछि अमेरिकाका एक सांसद विवादमा तानिएका छन् । विद्यालयमा भएकाे गाेलीकान्डपछि परिवारका सदस्यले गाेली बाेकेकाे तस्वीर उनले ट्विट गरेका थिए ।

    केन्टुकीबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन सांसद थाेमस मासीले ट्विवटरमा साे फाेटाे पाेस्ट गरेपछि उनी विवादमा तानिएका हुन् । म्यासीले साे तस्वीर ट्विट गर्दै लेखेका छन् 'मेरी क्रिसमस, सान्ता कृपया बारुद ल्याइदेउ ।' 

    बन्दुक अ‌ाक्रमणका पीडितले साे पाेस्टकाे निन्दा गरेका छन् । उनी संवेदनहीन भएकाे ट्विटरका प्रयाेगकर्ताले अ‌ाराेप लगाएका छन् । मानवीय सम्वेदनाप्रति उनि बहिराे भएकाे कतिपयले गुनासाे गरेका छन् । 

    images

    thomos.PNG

    मिसिगनकाे एउटा विद्यालयमा भएकाे गाेली कान्डकाे पृष्ठभूमिमा साे फाेटाे पाेस्ट गरिएकाे छ । साे गाेलीकान्डमा चार जना किशाेरकाे मृत्यु हुनुका साथै सात विद्यार्थी घाइते भएका थिए । १५ वर्षीय विद्यार्थीले बाबुकाे बन्दुक बाेकेर  विद्यालयमा अन्धाधुन्दा गाेली प्रहार गरेका थिए । अक्रमणकारीका अभिभावकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएकाे छ । 

    अमेरिकामा बन्दुक नियन्त्रणका लागि कानुनी रुपमै पहल गर्नुपर्ने बहस बढिरहकै बेला साे घटना भएकाे थियाे । 



  • सम्बन्धित विषय:

  • # अमेरिकी
  • # थाेमस मासी
  • # सांसद

  • तेस्रो आँखा