• ट्रेण्डिङ्ग :
असारे विकास : एकै दिन १२ अर्बभन्दा बढी रकम खर्च

असारे विकास : एकै दिन १२ अर्बभन्दा बढी रकम खर्च


  • 6.1K
    SHARES
    • आषाढ १९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    असारे विकास : एकै दिन १२ अर्बभन्दा बढी रकम खर्च

    काठमाडाैं,१९ असार ।  मुलुकको अर्थतन्त्र सङ्कटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा हतार हतारमा विकास कार्य भएको देखाउँदै एकै दिन १२ अर्बभन्दा बढी रकम खर्च गरिएको हो ।

    images

    बजेट निकासा भएर खर्च भएको देखाइए पनि  फिल्डमा वास्तविक रूपमा काम भए नभएको भने कुनै अनुगमन हुँदैन ।  कमिसनको चक्करमा एकै दिन अर्बौं रुपैयाँको काम देखाउँदै निकासा गर्ने गरिएको छ ।

    कमिसनका लागि अर्थ मन्त्रालय र अन्य सरोकारवाला विकासे मन्त्रालयका उच्च अधिकारीबीच मिलेमतो हुने गरेको पाइएको छ ।  विगतका वर्षमा जस्तै यो वर्ष पनि मुलुकको विकास खर्च असारे भेलले त्यसै खेर फलिने पुरानै क्रमले निरन्तरता पाएको हो ।


    तेस्रो आँखा
    लेखकबाट थप