काठमाडौं, १९ असार । पछिल्लो २४ घण्टामा नेपालभर थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा दुई हजार एक सय २० जनाको नमुना परीक्षण गर्दा ५३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार एक सय ६२ जनाको पिसिआर परीक्षण गर्दा ३९ जनामा र नौ सय ५८ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने २० जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या तीन सय ३३ रहेको छ ।

