• ट्रेण्डिङ्ग :
अर्थमन्त्री जनार्दन शर्मा: सीसीटीभी फुटेज मेटाए, मन्त्री पदमा बसिरहे

अर्थमन्त्री जनार्दन शर्मा: सीसीटीभी फुटेज मेटाए, मन्त्री पदमा बसिरहे


  • 12.4K
    SHARES
    • आषाढ १९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 19.1K Views

    अर्थमन्त्री जनार्दन शर्मा: सीसीटीभी फुटेज मेटाए, मन्त्री पदमा बसिरहे

    काठमाडौं, १९ असार । अर्थ मन्त्रालयले बजेट निर्माणको समयको सीसीटीभी फुटेज सुरक्षित नरहेको बताएको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गर्दै आएको थियो ।

    images

    अर्थमन्त्री शर्माले एमालेको आरोपको खण्डन गरे पनि सीसीटीभी फुटेजबारे भने मन्त्रालय बोलेको थिएन । पछिल्लो समय उपभोक्ता हित संरक्षण मञ्चले २४ भदौ २०७८ बेलुका ११ बजेदेखि २५ गते बिहान ६ बजेसम्म र १४ जेठ २०७९ बेलुका ६ बजेदेखि १५ गते बिहान ६ बजेसम्मको सीसीटीभी फुटेज माग गर्दै सूचनाको हक अन्तर्गत निवेदन दिएको थियो ।

    आइतबार अर्थ मन्त्रालयले सीसीटीभी फुटेजको अभिलेख रहने क्षमता बढीमा १३ दिनसम्मको मात्र रहने जवाफ मञ्चलाई दिएको छ । मन्त्रालयको पत्रमा भनिएको छ, ‘सीसीटिभी फुटको क्षमता र जडान भएको क्यामराका आधारमा बढीमा १३ दिनसम्मको मात्र अभिलेखमा रहने र त्यसअघिको अभिलेख क्रमशः मेटिँदै जाने छ ।’

    patra-0372022020437-1000x0.jpg

     


    तेस्रो आँखा
    लेखकबाट थप