काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २६५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ८ हजार ६१७ जनाको कोरोना परीक्षण गर्दा २६५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयकाअनुसार ७ हजार ११४ जनाको पिसिआर परीक्षण र १५०३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल ६ हजार ३८६ जना सक्रिय संक्रमित छन्। ३५७ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। त्यस्तै संक्रमणबाट २ को मृत्यु भएको छ।
