२४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण 

२४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण 


  • 6.5K
    SHARES
    • आषाढ २०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण 

    काठमाडौं, २० असार । पछिल्लो २४  घण्टामा नेपालभर थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा तीन हजार १० जनाको नमुना परीक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हजार आठ सय ४७ जनाको पिसिआर परीक्षण गर्दा ३४ जनामा र एक हजार एक सय ६३ जनाको एन्टीजेन परीक्षण गर्दा छ जनामा कोरोना संक्रमण देखिएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने १९ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको तीन सय ४८ रहेको छ । 

    20.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप