काठमाडाैं,२१ असार । देशको अर्थतन्त्र तुलनात्मक रुपमा अघिल्ला वर्षहरुमा भन्दा यो वर्ष अझ धराशायी अवस्थामा पुगेको छ । यसको कारणहरु अनेकन हुन सक्छन् । तर देशको अर्थ व्यवस्थाको बागडोर सम्हालेका अर्थमन्त्री नै यसको प्रमुख कारक हुन् । देशको आर्थव्यवस्थाको अवस्था के छ ? आवश्यकता के हो ? आन्तरिक श्रोत पहिचान तथा परिचालनबाट आम्दानीमा वृद्धि, वाह्य सहयोग, अनुदान, ऋण, कर वृद्धि तथा कर सहुलियतको अवस्था आवश्यकता तथा सम्भावनाहरु पहिचान गर्ने र आत्मनिर्भरताका उपायहरु खोजेर आवश्यक बजेट निर्माण गर्नुपर्ने अर्थमन्त्रीको दायित्व हो ।
तर अर्थमन्त्रीले कहाबाट कमिशन निकाल्न सकिन्छ भनेर व्यवपारी पोस्ने र सर्वसाधारण नागरिक मास्नेढंगले बजेट ल्याएको भन्ने आरोप उनीमाथि वर्सीएको छ । नेकपा माओवादी भित्रका अलि आशा लाग्दा नेता जनार्दन शर्मा (प्रभाकर) सशस्त्र क्रान्तिका कमाण्डा समेत हुन् । उनले माओवादीका नेताहरु मध्य अलि ओजपूर्ण नेताका रुपमा नागरिकस्तरमा छाप बनाएका थिए । अघिल्लो पटक मन्त्री हुँदा विवादमा खासै नआएका र अन्य मन्त्रीहरुको तुलनामा जनताले ठिकै महसुस गर्ने तिनै जनार्दन शर्मा अहिले अर्थ मन्त्री छन् । उनको पालामा देशको अर्थतन्त्रमा केही न केही सुधार होला भन्ने धेरैले अपेक्षा पनि गरेका थिए ।
तर नेपालको अर्थव्यवस्थामा सबैभन्दा नालायकीपन उनकै पालामा झल्कीयो । अर्थमन्त्री शर्माले राष्ट्रबैैंक काण्ड देखि बजेट निर्माणमा समेत ठूलै काण्ड मञ्च्याए । सडम देखि सदन सम्म उनको राजीनामा माग भैरहदा समेत उनी निदाएको बहाना बनाएर कुर्चीमै आसिन छन् । अर्थमन्त्री शर्माले गत जेठ १५ गते १७ खर्ब, ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गरेका थिए । बजेट सार्वजनिक गर्नुअघि मन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर हेरफेर गरेको भन्ने समाचार सार्वजनिक भएसंगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मन्त्री शर्माको राजीनामा माग गर्दै निरन्तर संसद अवरूद्द गरिरहेकाे थियाे ।
मन्त्री शर्माले सत्ताधारी सांसदहरुको सहारामा यो विषयलाई मत्थर पार्दै आएपनि अर्थमन्त्रालयको बजेट महाशाखामा राती पसेका अनाधिकृत व्यक्ति र उनले गरेका गतिविधिको सीसीटीभी फुटेज सूचनाको हक प्रयोग गरी माग गरिएको थियो । उक्त सूचनाका विषयमा १३ दिन भन्दा पहिलाको सीसीटीभी फुटेज डिलेट भएको भन्ने पत्र पठाएपछि मन्त्रीको नियतमाथि थप शंका उत्पन्न भएको भन्दै उक्त विषयले थप चर्को रुप लिएको छ ।
नागरिकले माग गरेका सूचनाहरु राज्यका जुनसुकै निकायबाट पनि सहजरुपमा प्राप्त गर्नु नागरिकको संबैधानीक अधिकार हो भने सीसीटीभी फुटेज कम्तीमा ती महिना सम्म राख्नु पर्ने व्यवस्था छ । मन्त्रालयबाट उक्त सूचना लुकाएपछि उनिमाथि थप प्रश्न उठेको छ । यस घटनापछि प्रतिपक्षि दलले मात्र होइन्, सत्तासाझेदार दल र उनकै पार्टी नेकपा माओवादीका सांसदहरुले समेत मन्त्रीमा बसीरहने नैतिकता गुमाइसकेकाले मन्त्री फिर्ताको माग गरेका छन् ।
अर्थमन्त्रालय भन्छ फुटेज सीसीटीभी हरायो
अर्थ मन्त्रालयले बजेट निर्माणको समयको सीसीटीभी फुटेज सुरक्षित नरहेको बताएको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गर्दै आएको थियो । अर्थमन्त्री शर्माले एमालेको आरोपको खण्डन गरे पनि सीसीटीभी फुटेजबारे भने मन्त्रालय बोलेको थिएन ।

पछिल्लो समय उपभोक्ता हित संरक्षण मञ्चले २४ भदौ २०७८ बेलुका ११ बजेदेखि २५ गते बिहान ६ बजेसम्म र १४ जेठ २०७९ बेलुका ६ बजेदेखि १५ गते बिहान ६ बजेसम्मको सीसीटीभी फुटेज माग गर्दै सूचनाको हक अन्तर्गत निवेदन दिएको थियो । गत आइतबार अर्थ मन्त्रालयले सीसीटीभी फुटेजको अभिलेख रहने क्षमता बढीमा १३ दिनसम्मको मात्र रहने जवाफ मञ्चलाई दिएको छ । मन्त्रालयको पत्रमा भनिएको छ, ‘सीसीटिभी फुटको क्षमता र जडान भएको क्यामराका आधारमा बढीमा १३ दिनसम्मको मात्र अभिलेखमा रहने र त्यसअघिको अभिलेख क्रमशः मेटिँदै जाने छ ।’
प्रतिपक्षि दल र सत्तासाँझेदार सांसदहरुबाट राजीनामाको माग
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्रीको विषयमा यतिका धेरै प्रश्न उठेपछि अर्थमन्त्रीले कि राजिनामा दिनुपर्ने कि प्रधानमन्त्रीले उनलाई हटाउनुपर्ने बताएका छन् । सोमबारको प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै थापाले यस्तो बताएका हुन् । ‘अर्थमन्त्रीको विवादबारे तत्काल प्रधानमन्त्री एक्सनमा जानुपर्छ’, थापाले भने ‘कि अर्थमन्त्रीले राजिनामा दिनुपर्छ कि प्रधानमन्त्रीले कारबाही गरेर छानबिन गर्नुपर्छ ।’ बजेटमा छलफल हुँदा पनि अर्थमन्त्रीलाई प्रत्येक करको दायरा चलाएको विषयमा संसदमा स्पष्ट जवाफ दिनुपर्छ भन्ने माग गरेको भन्दै थापाले सीसीटीभी फुटेज मेटाएको विषयले झन शंका पैदा गरेको बताए ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद शरदसिंह भण्डारीले अर्थमन्त्री जनार्दन शर्माले तत्काल पद त्याग्नुपर्ने बताएका छन् । यदी उनले नैतिकताका आधारमा राजीनामा नदिने हो भने सरकारले कारबाही गर्नु धारण व्यक्त गरेका छन् । ‘जुन विषय जनतामा आलोचित र मूल्य मान्यता विपरित भयो भनेर प्रश्न उठेपछि तत्काल राजीनामा दिनुपर्छ’, उनले भने, अर्थमन्त्री जीले राजनीनामा नदिए प्रधानमन्त्रीले तत्काल हटाउनु पर्छ राज्यप्रति अविश्वार र अनादर हुनेखालको प्रश्न उठेपछि उनले पद छाड्नु पर्छ ।’
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञावालीले अर्थमन्त्रीले जघन्य अपराध गरेकाले कारबाही हुनु पर्ने माग गरेका छन् । ‘बजेट बनाउने वेला अनाधिकृत व्यक्ति प्रवेश र उनिहरुको उपस्थितिमा करका दरहरुको हेरफेर एउटा जघन्य अपराध हो ।’ उनले भने, ‘त्यो अपराधलाई लुकाउनका लागी सीसीटिभी फुटेज नष्ट गरिएको हो भने यो अर्को ठूलो अपराध हो ।’ फुटेज डिलेट भयो भन्ने तथ्यहरु बाहिर ल्याएर बजेटमा गम्भीर घोटला भएको छ भन्ने अर्थमन्त्रालयले नै पुष्टि गरेको उनको भनाइ छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले अर्थमन्त्री जनार्दन शर्माका कारण मन्त्रालय, पार्टी र सरकारमात्रै नभई देश नै बदनामीको बाटोमा अघि बढेको बताएका छन् । ट्वीटरमा एक अभिव्यक्ति सार्वजनिक गर्दै उनले यस्तो टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘एकजना अर्थमन्त्रीका कारण मन्त्रालय, पार्टी र सरकारमात्रै बदनाम भएन देश नै बदनाम र अर्थतन्त्र समाप्त हुने अवस्थामा पुग्ने भो ।’ अर्थमन्त्री शर्मालाई अलिकति देशका बारेमा सोचिदिन उनले आग्रह गरेका छन् ।
नेकपा माओवादी केन्द्रका नेताहरुले समेत अर्थमन्त्री शर्माको आलोचना भएकाले सरकारबाट फिर्ता बोलाउन पार्टीको बैठकमै कुरा उठाएका छन् । प्रतिपक्ष दल देखि सत्ता साँझेदार दलका सांसदहरुले समेत अर्थमन्त्रीका विषयमा प्रश्न उठाएपछि प्रधानमन्त्री शेरबहादुर देउाव र माओवादी अध्यष प्रचण्डले समेत यसको निकासका लागि भन्दै छलफ,ल सुरु गरेका छन् । तर सहज रुपमा अर्थमन्त्री जनार्दन शर्माले पद त्याग गर्ने छाँट देखाएका छैनन् । उनी लाचार भएर सारा आलोचना र विरोधका बाबजुत मन्त्रीको पदमा आसीन छन् ।
नैतिकताको प्रश्नले नछोएका जनार्दन
नैतिकता समाजको ऐना हो । नैतिकताकै आधारमा व्यक्तिको बारेमा समाजले धारणा बनाउने गर्दछ । अझ सामाजिक तथा राजनीतिक व्यक्तिहरुका लागि यो निकै ठूलो विषय हो । विश्वका अधिकांश मूलुकहरुमा नेतृत्वदायी भूमिकामा बसेका व्यक्तिहरुका बारेमा प्रश्न खडा भयो भने तुरुन्त पदबाट राजिनामा दिएर साधारण व्यक्तिसरह भएर बसेका उदाहरणहरु धेरै छन् । तर नेपालको राजनीतिमा यस्तो नैतिकताले खासै काम गर्दैन । राजनीतिक क्षेत्रका उच्च पदस्थ व्यक्तिहरुको नैतिकतामाथि गम्भीर प्रकृतिका प्रश्नहरु उठ्नेगरेपनि ती प्रश्नलाई नेपाली राजनीतिमा सहजै पाचन हुन थालेको छ । यसैको पछिल्लो उदाहरण बनेका छन् अर्थमन्त्री जनार्दन शर्मा ।
अर्थमन्त्री शर्मा यसै कार्यकालमा विभिन्न विषयमा पटकपटक विवादमा तानिए । उनको नैतिकतामाथि धेरैपटक प्रश्न उठीसकेको छ । पछिल्लो समयमा अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणको अन्तिम समयमा अनाधिकृत व्यक्तिहरुलाई रातारात अर्थमन्त्रालयमा बोलाएर करको दर परिवर्तन गर्न जिम्मेवारी दिएको आरोप छ । त्यस्तै बजेटमा संवेदनशील मानिने सूचना चुहाएको आरोप पनि उनमा लागेको छ नैतिकताको आधारमा उनले पदबाट राजिनामा दिनुपर्ने नत्र प्रधानमन्त्रीले हटाउनु पर्ने सत्तासाझेदार दलका नेताहरुले नै अवाज उठाएका छन् ।
उनले केही समयअघि अमेरिकाबाट शंकास्पद रुपमा भित्रीएको रकम फुकुवा गरिदिन नेपाल राष्ट्र बैंकका गभर्नरलाई निर्देशन दिएको भन्दै विवादमा तानिएका थिए । त्यसैबेला शर्मा गर्भनर निलम्बन प्रकरणको विवादमा फसेका थिए । उनले गत चैत्र २५ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेका थिए । उनले आफूलाई गभर्नरले असहयोग गरेको भन्दै निलम्बन गरेका थिए । यस निर्णलाई वैशाख ७ गते सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै गभर्नरको पद पुनर्बहाली गरेको थियो । सो समयमा पनि अर्तमन्त्री शर्माको नैतिताको विषयलाई लिएर निकै प्रश्न उठाइएको थियो ।
उनी पार्टीले फिर्ता नबोलाई वा प्रधानमन्त्रीले नहटाई अर्थमन्त्रीको कुर्सीबाट आफै हट्ने सम्भावना नै छैन । समाज र देशलाई नेतृत्व गर्ने खम्बाहरुका रुपमा स्थापित राजनीतिक दलका नेताहरुमा हुनुपर्ने थुप्रै गुणहरुमध्ये नैतिकता, अनुशासन र सुशासन महत्वपूर्ण गुण हुन् । यस आधारमा हेर्दा नेतृत्व तहमा बसेकाहरुले कुनै किसिमको नैतिक प्रश्न ठाउनै खाली गर्नु हुँदैन । यदी प्रश्न उठेको खण्डमा पदासिन जिम्मेवारीबाट अलग हुन सक्नु पर्नेे उसको नैतिक ध।रातल हो ।
तर नेपाली राजनीतिमा नैतिक प्रश्न जति नै उठे पनि त्यसलाई सामान्य ठानेर पदमा लिप्त हुने प्रवृत्ति निकै मौलाएको पछिल्लो घटनाले पनि देखाउँछ । जिम्मेवार र उच्च पदस्थ व्यक्तिहरुको नैतिकतामा पटकपटक प्रश्न उठ्दा पनि त्यसलाई हलुकारुपमा लिने र सामान्य खण्डनबाटै उत्रीन खोज्ने प्रवृत्तिले सो पद र उचाइको गरिमामा समेत ठेस पुग्नुका साथै भविश्यमा समेत त्यस्ता व्यक्ति प्रतिको आम धारण नकारात्मक नै भैरहने हुन्छ । यसको शिकार जनार्दन शर्मा प्रभाकर पनि बन्ने निश्तिच देखियो । उनी नौतिकताको बन्धन भन्दा बाहिर गइसकेका छन् ।
