काठमाडौं, २१ असार । पछिल्लो २४ घण्टामा नेपालभर थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा तीन हजार एक सय १२ जनाको नमुना परीक्षण गर्दा ९० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार नौ सय ४४ जनाको पिसिआर परीक्षण गर्दा ७३ जनामा र एक हजार एक सय ६८ जनाको एन्टीजेन परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने २० जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या चार सय एक रहेको छ ।

