काठमाडौं, २२ असार । पछिल्लो २४ घण्टामा नेपालभर थप एक सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा दुई हजार सात सय २४ जनाको नमुना परीक्षण गर्दा एक सय १३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार पाँच सय ४९ जनाको पिसिआर परीक्षण गर्दा ९० जनामा र एक हजार एक सय ७५ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने २० जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या चार सय ७१ पुगेको छ ।
