काठमाडाैं,२३ असार । राजनीति आफैमा सरल रेखामा हिड्दैन् । सधै बक्र रेखामा भएर हिडने राजनीतिलाई अहिलेका नेताहरुले अझै बाङ्गो टिङ्गो बनाउँदै लौजादै छन् । राज्य सञ्चालनका लागि एउटा दृष्टिकोण बनाएर देश र जनहितका निमित्त गरिनु पर्ने राजनीति अहिले कुनै स्वार्थ समुह, अमुक व्यक्ति तथा परिवार केन्द्रीत हुँदै गएको छ । दलहरु फुटुन वा जुटुन जे सुकै गरेपनि त्यो कुनै न कुनै स्वार्थ समुहबीचको एकता वा विछोड नै हो । पछिल्लो दशकको दलिय अवस्था हेर्दा त्यो भन्दा माथि राजनीतिक पार्टीहरु उठ्न सकेका छैनन् । सैद्धान्तिक र बैचारिकरुपमा एजेण्डा मिल्ने वा नमिल्ने जुनसुकै दलहरुबीच एकता र बहिर्गमनको अभ्यास निरन्तर चलिरहेको देखिन्छ ।
उनीहरुले बाहिर देखाउनका लागी बैचारिक, शैद्दान्तिक दृष्टिकोण फरक परेको देखाएपनि वास्तविक्तामा त्यो हुसँदैन् । पार्टीभित्र आन्तरिक कलह गर्ने, भागबण्डा खोज्ने, एउटा समुहले अर्कोलाइ पेल्ने, पदीयमर्यादाको ख्यालै नगरी त्यही पदलाई भजाएर पैसामा विक्री गर्ने अनि कुनै न कुनै स्वार्थसिद्ध नभएपछि अन्तमा पार्टी फुटाएर आ–आफ्नो बाटो तताउँने प्रचलन नेपाली रानजनीतिमा बढी नै देखिएको छ । नेपालका दलहरु राजनीतिक बैचारिक हिसावले घोषणपत्र र विधानमा फरक देखिएपनि व्यवहारत एउटै हुन् । कार्यकर्ताले जुन पार्टीको सदस्यता लिएपनि खासै फरक देखिदैन ।
दलहरुसँग कुनै एजेण्डा नै छैनन् । बैचारिक शैद्दान्तिक हिसावका कुरा गर्दा नेपालका सबै दलहरु विचारशुन्य भैसकेका छन् । उनीहरुको पार्टी प्रवेश गराउँदा समेत कुनै न कुनै स्वर्थ पुरा गरिदिने शर्तमा प्रवेश गराउने र प्रवेश गर्ने पनि त्यही पलनकै लागि मात्रै हो । विचारकै कुरा गर्ने हो भने त कांग्रेसका कार्यकर्ता कम्युनिष्टमा गएर कसरी रहन सक्छन ? अनि कम्युनिष्टका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेर के के जान्दछन र ? यहा झिना मसिना कार्यकर्ताको मात्रै कुरा हैन्, यहाँ त पार्टीको उपल्लो नेतृत्वमै बसेका नेताहरु समेत समय समयमा दल बदलको अभ्यासमा निरन्तर लागिरहेका छन् ।
उनीहरुमा बैचारिक स्खलन भएको भन्ने तीनै दलका नेताहरुले आरोप लगाउँछन । तर त्यस्तो होइन्, उनीहरुसँग विचार नै छैन् कसरी बैचारिक स्खलन हुन्छ ? ती आरोप लगाउँनेहरु पनि पार्टीमा आफ्ना नेता कार्यकर्ताहरु ठिक ढंगले राख्न नसक्ने र स्वर्थसिद्धका लागि कार्यकर्ता नै बेच्न समेत पछि नपर्नेहरुकै जमात न हुन् । तर दलका नेताहरु यो कुरा स्वीकार नगरेपनि वास्तविक्ता चै पार्टी प्रवेश र बहिर्गमन होस् अथवा पार्टी फूट वा एकता होस् यी दुबै कार्यमा स्वर्थसमुहको स्वार्थी एजेण्डाबाहेक केही देख्नै सकिदैन । पार्टीको घोषण पत्र र विधानमा राखिएका राजनीतिक विचार, सिद्धान्त र एजेण्डा जनता झुक्याउने प्रपञ्च मात्रै हुन् ।
नेपालमा राजनीतिक दलहरु कतिवेला जुट्छन र कुनवेला फुट्छन आँकलन गर्न निकै कठिन छ । दलीय नारा, एजेण्डा र सिद्धान्त जे भएपनि वास्तविक्तामा दलहरुले जनतालाई कुनै ‘वाद’ वा ‘विचार’सँग जोड्ने सैद्धान्तिक र बैचारिकरुपमा तिखार्ने भन्दापनि आफूअनुकुल स्वार्थपूर्तिका आधारमा लिने गरेका छन् । नेपालमा दलहरुको बैचारिक धार भुत्तो हुदै गएको छ । उनीहरु पद, पैसा र प्रतिष्ठा प्राप्तीको लडाइमा रमाउने गर्छन् । दलहरुमा पद, पैसा, वावर र प्रतिष्ठाका लागि गुट, जुट, फुट, र झुट चारवटै कुराले प्राथमिक्ता पाएको देखिन्छ । नेताहरुले जनतामाझ आफ्नै दलहरुलाई बदनाम बनाएर नङ्याइ सकेका छन् ।
स्वार्थको रस्सास्वद नपाउँदा फुटको खेति
गत माघ अन्तिममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापा पार्टीबाट बाहिरिए । उनले राप्रपा छोड्नुभन्दा पहिला अर्कौ पार्टी तयार गरिसकेका थिए । तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएर २०७६ फागुन २९ गते (संयुक्त) एकता घोषण सभाबाट राप्रपा नेपाल राप्रपामा विलय गराएर एउटै राप्रपा बनाएका तीनै कमल थापाले पूनः राप्रपा व्यूताए । उनको एउटै अभिष्ट थियो कि राप्रपाको केन्द्रीय अध्यक्ष ‘फष्ट म्यान’ बन्ने । बहुसंख्यक कार्यकर्ताले नरुचाएर अध्यक्ष हुन नसकेका थापा पद विना पार्टीमा बस्नै सकेनन् ।
हिन्दुधर्मको पवित्र ग्रन्थ ‘गीता’ माथि हात राखेर पार्टी नफुटाउने र फुटाउन नदिने कसम खाएका हिन्दुवादी नेता कमल थापाले त आफैले खाएको कसम दुइ महिना टिकाउन सकेनन अरुको हालत के होला नेपालमा । २०७६ फागुन देशमा राजसंस्था सहितको हिन्दु राज्य बोक्ने राप्रपा एउटा पार्टी बन्यो । राप्रपाले २०७८ साल मंसिर १५,१६ र १७ मा बृहत रुपमा एकता महाधिवेशन गरी नयाँ नेतृत्व चयन भयो । यसको दुइ महिना नवित्दै पार्टी एकताका अभियान्ता भन्न रुचाउने राप्रपा पूर्व अध्यक्ष कमल थापाले पूनःराप्रपा नेपाललाई व्यूताए ।
महन्त ठाकुर र राजेन्द्र महातो लगाएतको एक समूह जसपाबाट अलग भएर ०७८ भदौ १ मा लोसपा दर्ता भयो । सरकारमा जाने विषयमा कुरा नमिल्दा नेताहरुबीच सम्बन्ध फाटेको थियो । जसपा फेरी फुटको डिलमा उभिएको छ भने लोसपाभित्र समेत नेताहरुबीच त्यती मिल्ती छैन् । मधेशका मुद्दा उठाएर लोकप्रीय बन्न खोज्ने साना दलहरुबीच केही वर्षयता एकीकरण गरेर जनता समाजवादी पार्टी बनाएको थियो । मधेसमा वैकल्पिक राजनीतिक शक्तिको रूपमा आएका मधेसवादी दलहरुमा यो समस्या देअिनुलाई राजनीतिक विश्लेषकहरु खासै नौलो मान्दैनन् । उनीहरु राष्ट्रिय पार्टी भन्दापनि एउटा स्वर्थ समुह बनाएर ठूला दलहरुसँग भागबण्डाको बार्गेनिङमै रमाउने गरेको राजनीतिक विश्लेषक जैनेन्द्र जीवन बताउँछन् ।
जसपाबाट महन्त ठाकुर, राजेन्द्र महतो लगायत नेताहरुले सात महिना अघिनै अलग भएका थिए । जसपामा फेरी बाबुराम भट्टराई र उनी पक्षका नेताहरु अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अलग हुने घोषण गरिसकेका छन् । जनता समाजवादीमा अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच शक्ति बाँडफाँटका लागि सुरु भएको विवाद उत्कर्षमा पुगेको छ । बाबुराम भट्टराई पक्षमा बढी नेताहरु जाने डरले उपेन्द्र यादवले भट्टराइ निकटका दुइ नेतालाई मन्त्री बनाइसके । यादवले भट्टराइ पक्षमा उभिएका अशोक राईलाई समेत श्रीमतिलाई मन्त्री बनाउँने सर्त अघिसारेर आफ्नो पक्षमा ल्याउने प्रयत्न गरिररहेका छन् ।
अन्ततः जे भएपनि भट्टराइ समुह पार्टीबाट बाहिरिने निश्चित भइसकेको छ । भट्टराई समुहले यावदको कार्यशैलिलाई देखाउने मुद्दा बनाएपनि हिसिला यामी लगायत नेताहरुलाई सरकारमा नपठाएको प्रति उनीहरुको ठूलै गुनासो थियो । सत्तमुखी राजनीतिलाई प्राथमिक्तामा राखेर अघिबढेका दलहरुको आन्तरिक समस्या पनि छिटो छिटो आउने गर्छ । राजनीतिक दलहरुले राजकाज सञ्चालनसँगै जनताका एजेण्लाई प्राथमिक्ता दिनुपर्नेमा आफ्ना प्रथमिक्ताभित्र हराइरहेका छन् ।
यसले उनीहरुमा क्षयीकरण हुदै गएको छ । राजनीतिक विश्लेषक जैनेन्द्रजीवन भन्छन,‘नेताहरुबीच व्यक्तिगत इगो, महत्वकांक्षा, बैचारिक र सैद्धान्तिक रुपमा कुरा नमिल्दा पार्टीहरुमा फुटको सृङ्खला बढ्दै गएको छ ।’ उनका अनुसार पार्टीहरु छिटो छिटो चोइटिनुको कारण नेताहरुमा सधै पद, पैसा र पावरमा बसीरहनु पर्ने सोच पनि हो । पार्टी फुट्नुमा एउटा मात्र कारण नभई धेरै कारणहरु जोडिएको उनको भनाइ छ । राजनीतिक विश्लेषकहरु कुनै पनि पार्टी विभाजन हुनु वा विवादित हुनुको कारण सत्तामोह नै भएको बताउँछन् । मधेश केन्द्रीत दलहरु राष्ट्रिय एजेण्डा र पार्टीको शैद्दान्तिक कुरा भन्दा पनी मधेश केन्द्रीत एजेण्डा लिएर प्रदेशदेखी सङ्घीय सत्तामा जाने बाटो कसले उपलब्ध गराउँछ त्यसैलाई समर्थन गर्ने र पार्टी परित्याग वा नयाँ पार्टी दर्ता गर्न समेत पछि पर्दैनन् ।
स्वार्थकालागि ठुला देखि साना बराबरी
नोपलमा ठुला देखि साना र राष्ट्रिय देखी क्षेत्री सबै दलहरुको फुटको श्रृङ्खला चलिनैरहेको छ । पछिल्ला २ वर्षयता धेरै दलहरुमा यो समस्या दोहोरियो । देशको सबैभन्दा ठुलो दल नेकपा देखी विवेकशील साझा पार्टीमा समेत आन्तरिक कलह झाँगीएर गयो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर दुइतिहाइ बहुमत प्राप्त पार्टी नेकपा बन्यो । दुइ अध्यक्षत्मक प्रणलीमा चलेको सबैभन्दा ठुलो पार्टी सत्ताको भर्याङमा पुगेपछि एउटा अध्यक्षले अर्कोलाई लडाउन खोज्दा दुइवटै गल्र्याम्म ढले । नेकपा एमाले र माओवादी केन्द्र साविककै अवस्थामा दुई पार्टी कायम रहेको निर्वाचन आयोग र सर्वोच्च अदालतले भनीसकेपछि ती दलहरु समेत फुटेर धुजा धुजा भए ।
एमालेबाट चोइटिएर बरिष्ठ नेता माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भयो । उता माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी लगायत दर्जन नेताहरुलाई केपी ओलीले सत्ताको घाँस देखाएर उनकै पार्टीमा राखिछाडे । यसको असर माओवादीलाई पर्यो । एमालेमा ठाउ नपाएकाहरु माधव नेपाल समूहमा समाहित भएपछि कांग्रेसँगको सत्ता साझेदारीमा मन्त्री बनेका छन् । एमाले र माओवादीबीचको मिलनको उद्देश्य सत्ता हत्याउने मात्र भएको विष्लेशकहरुको भनाइ छ । विश्लेषक जैनेन्द्रजीवनका अनुसार क्यामेष्टी नमिल्नेहरुबीच सत्ताकालागी जवरजस्ती कृतिम एकता गर्ने र पछि छरपष्ट भएर चोइटिने गरेका छन् । एमाले माओवादीको समस्या पनि यही हो ।
पछिल्लो वर्ष विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक मिलन पाण्डे र अर्का संयोजक रवीन्द्र मिश्रलेबीच कटाक्ष भयो । जिवनको धेरै समय पत्रकारितामा विताएका मिश्रले विवेकशिल पार्टी र साझा पार्टी मिलेर बनेको विवेकशिल साझा पार्टीभित्र अहिले उस्तै भद्रगोल छ । मिलन पाण्डे अहिले उक्त पार्टीमा छैनन् । पार्टीमा को ‘फष्ट म्यान’ हुने भन्ने व्यक्तिगत इगोले उनीहरुबीच ध्रुबीकरण बढेको निकटस्थहरुको भनाइ छ । साना कम्युनिष्ट घटकहरु त ‘कति मिले’ र ‘कति फुटे’ हिसाव हिसाव छैन् ।
विश्लेषक जैनेन्द्रजीवन भन्छन, ‘कतिपय कम्यूनिष्ट नेताहरुबीच पावर शेयरिङ, पद र पैसामा झगडा हुनेगरेपनी उनीहरु सैद्धान्तिक कुरा नमिलेको भनेर जनतालाई झुक्याउछन्, जुन कुरा झुट हो ।’ ‘कसै कसैले भने क्यामेष्टी नमिलेपनि सत्ताकालागि कृतिम एकता गर्ने गरेका छन्, जुन एकता लामो समयसम्म टिक्दैन्, र उनीहरु छरपष्ट भएर चोइटिने गरेका छन् ।’ सत्ताको सुख खोज्ने दाउमा नेताहरु दलबदलको अवस्थापा पुग्ने र ‘पहिलो’ हुने महत्वकांक्षि दौडमा लागेर ‘पछि’ पर्दाको पिडा व्यवस्थापन गर्न नसक्दा पार्टीहरु फुट्ने र फुटाउने अभ्यास देखिएको उनको बुझाइ छ ।
स्वतन्त्रका नाममा पनि स्वार्थको उदय
स्थानीय चुनावमा काठमाडौं, जनकपुर, धरान, धनगढीलगायतमा स्वतन्त्र उम्मेदवारले शानदार जित हासिल गरेको कारण संघ र प्रदेशको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा हुन थालेका छन् । कोही कोही काठमाडौंकी उपप्रमुख सुनिता डंगोलको शैलीमा उम्मेदवारी घोषणा गर्दै भन्दैछन्, दलको समर्थन पाए दलबाट होइन भने स्वतन्त्रनै उठ्ने । काठमाडौं महानगरपालिकाले दुईवटै मोडेलमा उदाहरण पेस गरेको छ । स्वतन्त्र उम्मेदवार बालेन साह र स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै एमालेको उम्मेदवार भई उपप्रमुख बन्ने सुनिता ।
आगामी संघ र प्रदेशको निर्वाचन स्वतन्त्रहरुका लागि चुनावी परिणम कत्तिको सहज होला ? यही प्रश्नलाई मध्यनजर गर्दै स्वतन्त्र उठ्ने घोषण गरेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले अन्ततः राष्टिय स्वतन्त्र पार्टी नाम दिएर दल नै दर्ता गरे । अन्य स्वतन्त्र भन्नेहरु पनि पार्टी निर्माण गर्ने चरणमा विभिन्न भेलाहरु गर्दै हिडेका छन् । यसले के बुझ्न सकिन्छ भने स्थानीय तह जस्तै संघ र प्रदेशको सांसद हुन स्वतन्त्रलाई सहज छैन् । स्वतन्त्रले जितिहाले पनि बहुदलिय व्यवस्थामा एक–दुइ जनाले संसदमा पुगेर केही गर्न नसक्ने पक्का भएपछि नवउदियमान स्वतन्त्रका हुँकार दिनेहरु दल बनाउँने कसरतमा लागेका छन् ।
उनीहरु पनि विभिन्न पेशा व्यवसाय गरेर पैसा कामइसकेपछि सांसद बन्ने रहरमा होलान । या त केही पैसा जम्मा पारिसकेकाले त्यसलाई सेतो बनाउँने स्वार्थमा छन् । अनि कतिपय चै यही सामाजिक प्रतिष्ठा देखाएर थप कामउनकै लागि राजनीतिमा होमिन लागेका हुन भन्ने कुरा नागरिकले बुझेकै छैनन् । नेपालका नागरिकले यो कुरा बुझ्दा नबुझदै विभिन्न स्वर्थकेन्द्रीत व्यक्तिहरुले आफ्नो स्वार्थ पुरा गरिसकेर रिटायर्ड हुन्छन् । नागरिक अन्तरमा ट्वा पर्नुको विकल्प छैन् ।तर जुनखालको रहर र एजेण्डा बोकेर आएका नयाँ र गैर राजनीतिक अनुहार छन् उनीहरुको त्यो रहर रहरमै सिमित हुने सम्भावना पनि सँगसँगै छ ।
कतिपयलाई अदृष्य शक्तिले उठाएको र उनिहरु अहिलेका दलका नेताहरु भन्दा बढी खतरनाक स्वार्थी, देश र जनताहित भन्दा पनि कसैको स्वर्थमा प्रयोग भएर धन कमाउन उदायका भन्ने आरोपहरु लाग्ने गरेको छ । पछिल्लो दशका राजनीतिक दल खोलेर आएका केही पूर्व पत्रकार, पूर्व प्रशाशक, राष्ट्रसेवकहरू र समाजमा एउटा छाप बनाइसकेका दिग्गज व्यक्तिहरुको अवस्था हेर्दा स्वतन्त्र वा नयाँ दलका नाममा अहिले उदय हुँदै गरेकाहरु पनि केही स्वर्थसिद्ध एजेण्डाहरु लिएर आएको र केही समयपछि विलयी हुने निश्चित भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
