फेरि थप दुई जनामा हैजा, हैजाका विरामी २३ पुगे

फेरि थप दुई जनामा हैजा, हैजाका विरामी २३ पुगे


  • 7.8K
    SHARES
    • आषाढ २३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    फेरि थप दुई जनामा हैजा, हैजाका विरामी २३ पुगे

    काठमाडौं, २३ असार । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमनलाल दासले गए राति थप दुई जनामा हैजाको बिरामी भेटिएको बताए । ती दुवै जनाको अहिले उपचार भइरहेको छ ।
     
    कागेश्वरी मनहरा नगरपालिकाका–६ का १२ वर्षीय बालक र काठमाडौं–१३ का ५८ वर्षीय पुरुषमा हैजा भेटिएको उहाँले बताउनुभयो । थप दुई जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ ।
     
    उनका अनुसार १२ वर्षीय बालकको कागेश्वरी मनहरास्थित स्थानीय अस्पतालमा र काठमाडौँका ५८ वर्षीय पुरुषको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म तीन जनाको उपचार र अन्य उपचारपछि घर फर्किसकेका छन् । 

    images

  • सम्बन्धित विषय:

  • # देवदह

  • तेस्रो आँखा
    लेखकबाट थप