२४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि


  • 6.1K
    SHARES
    • आषाढ २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं, २४ असार । पछिल्लो २४ घण्टामा नेपालभर थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा दुई हजार एक सय ५४ जनाको नमुना परीक्षण गर्दा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हजार ६१ जनाको पिसिआर परीक्षण गर्दा ८३ जनामा र एक हजार ९३ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने २७ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या पाँच सय ६४ रहेको छ । 

    24.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • तेस्रो आँखा
    लेखकबाट थप