• ट्रेण्डिङ्ग :
बालेनलाई पनि शालिक मोह !

बालेनलाई पनि शालिक मोह !


  • 7.2K
    SHARES
    • आषाढ २५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    बालेनलाई पनि शालिक मोह !

    काठमाडौं,२५ असार । काठमाडौंका मेयर बालेन शाहले महानगरपालिकाको बजेटबाट १५ लाख रूपैयाँसम्म खर्च गरेर र्‍यापर यमबुद्धको शालिक बनाउने भएका छन्। पछिल्लो समय विभिन्न सहरले आफ्नो प्राथमिकताविपरीत विभिन्न व्यक्तिको शालिक, प्रवेशद्वार लगायतमा बजेट खर्च गर्ने प्रवृत्ति देखिएका बेला काठमाडौंका मेयर शाहले पनि त्यसलाई निरन्तरता दिएका हुन्।

    images

    उनले शुक्रबार आफ्नो फेसबुकबाट यमबुद्धको शालिक निर्माणसम्बन्धी जानकारी सार्वजनिक गरेका छन्। यसबारे सरसल्लाहसमेत नगरी एकतर्फी रूपमा प्रस्ताव ल्याएको एक वडाध्यक्षले बताए।

    शालिक र प्रवेशद्वारजस्ता कार्यक्रमको अन्य नगरपालिकामा विरोध हुँदै आएको छ। यहाँ पनि धेरैले सामाजिक सञ्जालमा असन्तुष्टि जनाइरहेका छन्।  बालेनको सचिवालयका प्रवक्ता भूपदेव शाहले र्‍यापर यमबुद्धको योगदानको कदर गर्दै शालिक निर्माण गर्न लागेकोु बताए । उनका अनुसार यमबुद्धको शालिक बनाउन काठमाडौं महानगरले बजेट नै छुट्याइसकेको छ।

    दस देखि पन्ध्र लाख रूपैयाँसम्ममा शालिक बनाउने निति कार्यक्रममै राखिएको उनको भनाइ छ ।  सत्तामा जाे गुगेपछि आफ्नै क्षेत्रका विभिन्न व्यक्ती,संस्था र कार्यकर्ताहरू पाेस्ने र अनुत्पादक क्षाेत्रमा बजेट खर्च गरेर सक्ने बाहेक केही नहुँने भन्दै सामाजिक सञ्जालमा उनकाे आलाेचना भएकाे छ । 


    तेस्रो आँखा
    लेखकबाट थप