काठमडौं, २५ असार । पछिल्लो २४ घण्टामा नेपालभर थप एक सय दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा दुई हजार छ सय १५ जनाको नमुना परीक्षण गर्दा एक सय दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार पाँच सय ३९ जनाको पिसिआर परीक्षण गर्दा ७२ जनामा र एक हजार ७६ जनाको एन्टीजेन परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने ३१ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या छ सय पाँच रहेको छ ।

