२४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि


  • 6.5K
    SHARES
    • आषाढ २६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं, २६ असार । पछिल्लो २४ घण्टामा नेपालभर थप एक सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा तीन हजार ४५ जनाको नमुना परीक्षण गर्दा एक सय २१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हजार सात सय जनाको पिसिआर परीक्षण गर्दा एक सय चार जनामा र एक हजार तीन सय ४५ जनाको एन्टीजेन परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण देखिएको हो । 

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने ३१ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या छ सय ७८ रहेको छ ।   

    26.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप