कोरोना संक्रमणदर निरन्तर बढ्दै, २४ घण्टामा १७७ जनामा संक्रमण

कोरोना संक्रमणदर निरन्तर बढ्दै, २४ घण्टामा १७७ जनामा संक्रमण


  • 7.5K
    SHARES
    • आषाढ २८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    कोरोना संक्रमणदर निरन्तर बढ्दै, २४ घण्टामा १७७ जनामा संक्रमण

    काठमाडौं, २८ असार। पछिल्लो २४ घण्टामा नेपालभर थप एक सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    जम्मा ती हजार एक सय २६ जनाको नमुना परीक्षण गर्दा एक सय ७७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हजार आठ सय पाँच जनाको पिसिआर परीक्षण गर्दा एक सय ४४ जनामा र एक हजार तीन सय २१ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने ४१ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या आठ सय ७३ रहेको छ । अघिल्लो दिन एक सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने सक्रिय संक्रमितको संख्या सात सय ७० रहेको थियो ।

    28.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • तेस्रो आँखा
    लेखकबाट थप