नीता ढुंगानाले हरिहरसँग बिहे गरेपछि पूर्वप्रेमी आमेश यसरी भाइरल बने

नीता ढुंगानाले हरिहरसँग बिहे गरेपछि पूर्वप्रेमी आमेश यसरी भाइरल बने


  • 7.0K
    SHARES
    • आषाढ २८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    नीता ढुंगानाले हरिहरसँग बिहे गरेपछि पूर्वप्रेमी आमेश यसरी भाइरल बने

    काठमाडौं, २८ असार। यतिवेला नायिका नीता ढुंगानाको बिहेका भिडियो फुटेजहरुले टिकटक भरिएका छन्  ।यहि टिकटकमा भाइरल बनेका छन् उनका पूर्वप्रेमी आमेश भण्डारी । उनका भिडियोहरुलाई अनेक किसिमले सम्पादन गरेर ट्रोल गर्ने काम भइरहेको छ ।

    images

    नीताको बिहे भएकै दिन आमेशले सपनीमा आयौ तिमी विपनीमा गयौ, माया लाग्छ तिम्रो अझै निष्ठूरी किन भयौ‘भन्ने गीतमा टिकटक बनाएपछि ट्रोलरलाई मसला त यसै पुगि गो । यही भिडियोपछि आमेशको ट्रोल सुरु भएको हो । नीतालाई नै ‘डेडिकेट’ गर्दै आमेशले यो भिडियो हालेको धेरैले अनुमान गरेका छन् ।

    2.jpg

    यसो त म् नीताको बिहेपछि आमेश स्वयम पनि टिकटकमा बढी सकृय देखिखएका छन् । आमेशको पुरानो भिडियोहरुलाई नीताको बिहेको भिडियोहरुमा जोडेर रमाइला–रमाइला टिकटकहरु आइरहेका छन् । आमेश स्वयम् नीताको बिहेपछि टिकटकमा सक्रिय देखिएका छन् ।

    हरिहरभन्दा अघि नीता चार वर्ष आमेशसँग रिलेसनसीप थिइा् । तर, उनीहरुको सम्बन्ध दिगो रहन सकेन । गायन क्षेत्रमा सक्रिय आमेशले नीतासँग प्रेममा परेपछि चलचित्रमा पनि इन्ट्री गरेका थिए । दिनेश डिसीले निर्देशन गरेको चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ मा नीता र आमेशले अनस्क्रिन जोडीको रुपमा अभिनय गरेका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप