काठमाडौं,२९ असार । गत आर्थिक वर्षमा २०७७/७८ मा पाैने ५ खर्ब बेरुजु रकम रहेको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा २०७७ / ०७८ मा संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र सार्वजनिक संस्थामा १५.४६ प्रतिशतले बेरुजु बढेको महालेखा परीक्षकले जनाएको छ ।
महालेखा परीक्षकको ५९ औं प्रतिवेदन अनुसार २०७७/७८ मा कुल बेरुजु रकम ४ खर्ब, ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ रहेको छ । लेखा परीक्षणका क्रममा कानुन अनुसार पुर्याउनुपर्ने रीत नपुर्याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी ठहर भएको कारोबारलाई बेरुजु भनिन्छ ।
