काठमाडौं, ३० असार। पछिल्लो २४ घण्टामा नेपालभर थप दुई सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा तीन हजार आठ सय ४४ जनाको नमुना परीक्षण गर्दा दुई सय ६० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई हजार २७ जनाको पिसिआर परीक्षण गर्दा दुई सय १४ जनामा र एक हजार आठ सय १७ जनाको एन्टीजेन परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसेको मृत्यु भएको छैन भने ४८ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक हजार एक सय ७१ पुगेको छ ।
