मस्तिष्कको क्षमता बढाउन गर्न सकिन्छ यी व्यायाम

मस्तिष्कको क्षमता बढाउन गर्न सकिन्छ यी व्यायाम


  • 9.0K
    SHARES
    • मंसिर २१, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 13.9K Views

    मस्तिष्कको क्षमता बढाउन गर्न सकिन्छ यी व्यायाम

    काठमाडौं, २१ मंसिर । स्वस्थ जीवनका लागि व्यायाम निकै प्रभावकारी मानिन्छ । त्यससँगै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण छ।

    images

    दिमागले दैनिक काम गर्न महत्त्वपूर्ण भूमिका खेलि रहेको हुन्छ । प्रतिक्रिया दिने, बुझ्ने, महसुस गर्ने र त्यसपछि राम्ररी काम गर्ने क्षमता सबै मस्तिष्कको स्वास्थ्यसँग जोडिएको हुन्छ।

    धेरै पटक हामीले बुझ्दैनौं कि शरीरका अन्य अंगहरू जस्तै मस्तिष्कलाई पनि हरेक दिन पोषण र ऊर्जा चाहिन्छ। जसरी शरीरलाई तन्दुरुस्त राख्न शारीरिक व्यायाम आवश्यक हुन्छ, त्यसैगरी बुद्धिका लागि मस्तिष्कको व्यायाम आवश्यक हुन्छ । स्वस्थ मस्तिष्कका लागि यी ५ व्यायाम गर्न सकिन्छ । 

    १. मन लागेका कुरा लेखौँ

    मस्तिष्कको व्यायम गर्ने सबैभन्दा सहज तरीका भनेको लेखन हो । मनमा लागेका कुरा कपीमा लेख्दा मस्तिष्कको दुवै भाग सक्रिय बन्नुको साथै मस्तिष्कलाई सक्रिय पनि बनाउँछ । मनोविद्हरूका अनुसार हातले लेख्दा लामो समयसम्म मस्तिष्कमा लेखेको कुरा सम्झिरहन्छ । यो युवा र बालबालिका सबैमा काम गर्छ । लेखाई पढाइले यसै पनि मस्तिष्क सक्रिय बन्ने विश्वास छ । 

    २. पाक कक्षामा सहभागी बनौँ

    खाना बनाउँदा शरीरका कयौं इन्द्रियले काम गरिरहेको हुन्छन् । खाना बनाउँदा गन्ध, श्पर्श, दृष्टि र स्वाद थाहा पाउन मस्तिष्कका विभिन्न भाग सक्रिय बन्छन् । साथै खाना बनाउँदा स्मरण शक्ति समेत सक्रिय बन्ने मनोविद्हरूको भनाइ छ । फरक किसिमको खाना बनाउन सिक्दा स्मरण शक्ति अझै बलियो बन्ने गर्छ । 

    ३. नयाँ नयाँ सोख राखौं

    नयाँ सिप र नयाँ नयाँ सोख पाल्नु भनेको दिमागलाई एक प्रकारले व्यायम नै हो । सिर्जनशील सोखहरू जस्तै, गीत गाउनु, गीत रचना गर्नु, नाच्नु, नयाँ नयाँ तरीकाले व्यायम, योग गर्दा मस्तिष्कका विभिन्न भागले काम पाउँछन् । अझ वाद्यबादन बजाउन सिक्नु भनेको मस्तिष्कको फरक किसिमको व्यायम हो । जो बच्चामा वाद्यबादनमा रुचि र सोख छ उसले अरु बालबालिकाले भन्दा फरक तरीकाले आवाजहरू सुन्ने विज्ञानले पुष्टि गरिसकेको छ । यसकारण तपाईहरू पनि आजैदेखि बुन्ने, गाउने, वाद्यबादन बजाउने, घुम्ने, सामाजिक सेवालगायत सोखको विकास गर्न सक्नुहुन्छ । जसले तपाईको मस्तिष्क सक्रिय मात्रै होइन समाजको पनि भलाइ हुन्छ । 

    ४. कोठेपद मिलाउने कोसिस गर्नुहोस्

    खेल तथा पज्जल मिलाउँदा ज्ञानसँगै मस्तिष्क पनि तेज बन्छ । यसले भविष्यमा हुनसक्ने बिर्सने रोगलाई पनि नियन्त्रण गर्ने विज्ञहरूको भनाइ छ । यसकारण आजैदेखि पत्रपत्रिकामा आउने कोठेपद, पज्जलहरू मिलाउन कोसिस गर्नुहोस् । साथै सुकुडु, क्युव मिलाउने, चेस खेल्दा पनि मस्तिष्कको व्यायम हुन्छ ।  

    ५. नयाँ भाषा सिक्नुहोस्

    सुन्दा अच्चम लाग्न सक्छ नयाँ भाषा सिक्दैमा कसरी मस्तिष्कलाई व्यायम हुन्छ भनेर । तर, यो सत्य हो कि नयाँनयाँ भाषा सिक्दा मस्तिष्कमा उत्तेजना पैदा हुन्छ र मस्तिष्कमा रहेका सबै प्रकारका अवरोध खुल्न थाल्छन् । किनकी भाषा सिक्दा धेरै सुन्नु, पढ्नु र लेख्नु पर्छ । जसले मस्तिष्कमा उत्तेजना पैदा गर्छ । विज्ञहरूका अनुसार धेरै भाषा जान्ने मानिसमा अल्जाइमरको जोखिम समेत कम हुन्छ । कुनै नयाँ शब्द पहिचान र भण्डारण गर्न मस्तिष्क सक्रिय बन्ने गर्छ ।    

        

     

  • सम्बन्धित विषय:

  • # मस्तिष्क
  • # व्यायाम

  • तेस्रो आँखा